बझाङ पहिरो छजनाको शव भेटियो, उद्धारकार्य जारी (अपडेट)
शुक्रबार राति बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिवार विहान स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाका शव निकालेका छन् ।
मृत्यु हुनेमा आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उहाँकी १५ बर्षीया छोरी शान्ती जेठारा , ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षे अस्मीताको शव निकालेको घटना स्थलवाट प्रहरी असई रायभान सिंह ऐरीले वताउनुभयो ।
उहाँका अनुसार ८० वर्षका दले जेठारा, १२ बर्षीय सन्तु जेठाराको लास पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको भईरहेको छ । गाउँको माथी पट्टी रहेको रातो पड सामुदायिक वनबाट पहिरो आए पछि १८ घरमा पुर्ण रुपले क्षति भएको छ ।
पहिरोमा परी २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ । पहिरो गएपछि गाउँ अगाडीको झण्डै २० रोपनी जग्गामा लगाएको धान बाली पुरेको छ । एक्कासी पहिरोले गाउँ बगाए पछि मल्लेस गाउँका १८ परिवारको उठीबास भएको छ । शरिरमा लगाएका लुगा कपडा बाहेक सबै पहिरोमा पुरिएको छ ।
अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन् । जुईली गाड र सुङरी गाडको बिचमा रहेको उक्त गाउँसम्म सहजै पुग्न सकिएको छैन् । दुवै गाडमा अत्याधिक मात्रामा पानी भए पछि अरु गाउँ समेत जान समस्या छ । गाउँमा ९० परिवारको बसोवास छ ।
प्रतिक्रिया राख्नुहोस्