राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको वार्ता सम्पन्न : ठोस सहमति भएन

सत्तारुढ जेपनल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्रीको राजीनामा माग भएपछि चुलिएको पार्टीभित्रको विवाद मिलाउन दुई अध्यक्षबीच लगातार छलफल भैरहेको छ ।

विवाद मिलाउन दुई अध्यक्षको सहमति जुटाउन गत शुक्रबारदेखि स्थायी समितिको बैठक स्थगित हुँदै बुधबारलाई बोलाइएको छ । यसबीचमा मंगलबार बालुवाटारमा २ घण्टाभन्दा बढी वान टु वान वार्ता भएकोा हो । यसअघि महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माको उपस्थितिछ रहने गरे पनि मंगलबार भने दुई अध्यक्षबचि मात्र छलफल भएको हो ।

दुई अध्यक्षबीचको छलफलमा ठोस सहमति नभए पनि बुधबार स्थायी समिति बैठक भने बस्ने बताइएको छ । लगातार स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबार बस्ने र बैठक बस्नुअघि फेरि दुई अध्यक्षबीच पनि छलफल हुने भएको छ ।

असार १० गतेदेखि बसेको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टी फुटको संघारमा पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.