जल/वातावरण
कोरोना संक्रमित भेटिएपछि आरुबारीको केही क्षेत्र सिल
कोरोना संक्रमित भेटिएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नंं ३ आरुबारीको केही क्षेत्र सिल गरिएको छ । हातेमालो क्षेत्रका स्थायी बासिन्दा एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिकाले बिहिबार विहानदेखि सो क्षेत्र शील गरेको हो ।
वडाध्यक्ष राजीव थापाका अनुसार संक्रमित भेटिएको क्षेत्र सुरक्षित गर्न आरुबारी चोकमा रहेको अरुणोदय माविदेखि पश्चिम क्षेत्रमा आवतजावत पूर्ण रुपमा निषेधित गरिएको छ । थापाले संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी गरी कोरोना परीक्षण गर्ने तयारी भैरहेको जानकारी दिनुभएको छ ।
वडाध्यक्ष थापाले संक्रमितको निकटमा पुगेका व्यक्तिहरूले वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै सो क्षेत्रका बासिन्दालाई अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि बाहिर नआउन र घरभित्रै सुरक्षित बस्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्