जन सरोकार
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदै- उपप्रधानमन्त्री पोखरेलले ओढाए पार्थिव शरीरमा राष्ट्रिय झण्डा
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बुधबार विहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लैनचौरस्थित उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
१ सय १ वर्षीय राष्ट्रकविको मंलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको थियो । उहाँको बुधबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
घिमिरेको अन्त्येष्टिका लागि स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट पुर्याउने छ । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एकएक टुकुडीले सलामी अर्पण गर्ने छ ।
प्रतिक्रिया राख्नुहोस्