जल/वातावरण

असनका ९४ वर्षीय वृद्ध र वीरगञ्जमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु


काठमाडौंको असनका एक ९४ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । निमोनियाको ती वृद्धको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो । सहप्रवक्ता अधिकारीका अनुसार उहाँको असमायिक निधन भएपछि स्वाब संकलन गरिएको थियो ।

o;} u/L वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएर ४ दिनदेखि निजी अस्पतालमा उपचार गराइरहेकी उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

असन्तुलित मधुमेहको विरामी उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार आइसोलेसनमा हुँदा उनले छाती दुख्यो भनेकी थिइन् । ‘ड्युटीमा रहेका चिकित्सकले चेकजाँच शुरु गरे ५/७ मिनेट भित्रै उनको मृत्यु भयो’ उनले भने ‘हर्ट अट्याकमा जस्तो मुटुको नली जाम भएर मृत्यु भएको अनुमान हुन सक्ने गरेका छौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.