जापान कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा, तेस्रो र चौथो लहरको चेतावनी
जापानी विशेषज्ञहरुले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मुलुक चपेटामा परेको बताउँदै संक्रमण फैलिन नदिन कडा कदम चाल्न आग्रह गरेका छन् ।
जापानको संक्रामक रोक संघले एक प्रशिक्षण भेलाको आयोजना गर्दै सो आग्रह गरेको हो । भर्चुअल बैठकमा संघका प्रमुख काजुहिरो तातेदाले सम्बोधन गर्दै जापान संक्रमणको दोस्रो लहरबाट गुज्रिरहेको बताउनुभएको हो ।
तातेदाले सचेत पार्दे राजधानी टोकियो तथा देशभर संक्रमण उच्चस्तमा पुगिसकेको र संक्रमणको तेस्रो र चौथो लहर समेत आउने सम्भाना रहेकाले भविष्यका लागि उच्च निगरानी राख्नु आवश्यक छ ।
तातेदाले चेतावनी दिंदै भन्नुभयो संक्रमणको तेस्रो र चौथो लहर प्रवेश गरेमा आम नागरिकले कोरोना भाइरससंगै रहने नयाँ जीवनशैली अपनाउन बाध्य गर्नेछ । यस्तो स्थिति आउन नदिन गम्भर प्रकृतिका बिरामीको संख्या यथासम्भप घटाउने र स्वास्थ्य सेवामा उत्पन्न दवाव घटाउन संघले नयाँ उपायको खोजी गर्नेछ ।
बुधबार सुरु भएको सो बैठक अगस्ट २१ शुक्रबारसम्म चल्नेछ । बैठकमा कोरोना भाइरस सम्बन्धी नयाँ उपचार र अनुसन्धानमाथि व्यापक छलफल हुनेछ । बैठकमा करिब ३ हजारको सभागिता रहने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्