नेपाल आइडल ३ को विजेता सज्जा चौलागाई, निर्माण टोलीका सदस्यमा कोरोना संक्रमण, सहभागी, प्राविधिक, निर्णायक सबै आइसोलेसनमा
विश्वप्रसिद्ध सांगीति रियालिटी सोको नेपाली संस्करण नेपाल आइडल सिजन ३ समाप्त भएको छ । शनिबार सम्पन्न फाइनलका बीचममा निर्माण टोलीका एक सदस्यलाई कोरोना भाइरस संक्रमण भएको जानकारी प्राप्त भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरी अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले प्राप्त भोटका आधारमा विजेताको घोषणा गर्नुभयो ।
दर्शकको भोटका आधारमा सज्जा चौलागाई नेपाल आइडलको विजेता बनिन भने प्रवीण बेटवाल फस्ट रनरअप र किरण कुमार भुजेल सकेण्ड रनरअप भए । विजेता चौलागाईले ५० लाख रुपैयाँ प्राप्त गरेको घोषणा गरियो भने सेकेण्ड रनरअप बेटवालले १० लाख र भुजेलले ५ लाख रुपैयाँ पाए ।
शुक्रबार साँझ तीन प्रतिस्पर्धीबीच फाइनल प्रतिस्पर्धा भैरहेका बेला आइडलको बीचैमा निर्माण टोलीका एक सदस्यलाई कारोना संक्रमण भएको जानकारी दिइएपछि बाँकी सबै कार्यक्रम स्थगित गरी सहभागी, निर्णायक, बाद्यवाधक लगायत सबै आइसोलेसनमा गएको जानकारी दिइएको हो ।
सहभागी तीनजनै प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिइसकेपछि ब्रेकका समयमा यो जानकारी दिइएको हो । कोरोना संक्रमणपछि कार्यक्रम बीचैमा रोकेर भाद्र १२ गते शुक्रबार साँझ ५ बजेसम प्राप्त भोट र निर्णायहरुको मतका आधारमा अन्नपूर्ण मिडियाका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेताको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्