एसिड आक्रमण गर्नेको सम्पत्ति रोक्कादेखि क्षतिपूर्ति भराउनेसम्मको कानुन बन्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने गरी १५ दिनभित्र कानुन बनाउन सम्बन्धित मन्त्री र निकायलाई निर्देशन दिनुभएको छ । बिहिबार १२ जना एसिड पीडितहरूसँगको संवादमा प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बन्ने कानुनमा एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको छ । एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीको भनाइ छ ।
एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निःशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्