फेवातालको बीच भागमा अलपत्र परेका दुईजनाको एपीएफ टोलीद्वारा उद्धार
पोखराको फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ । पोखरा महानगरपालिकाको वडा नं २२ बस्ने ३० वर्षीय हर्कबहादुर विक र ३५ वर्षीय सुरेन्द्र गुरुङ्ग चढेको डुङ्गा हावाहुरीको कारण तालको बीच भागमा अलपत्र परेको थियो ।
सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।
यसैबीच सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट असोज ४ गते एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३२ वर्षिय पशुपतिकुमार यादव र २१ वर्षिय ओमप्रकाश यादवलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला निजहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
उता रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका १ स्थित सीमा ईलाकाबाट असोज ५ गते एपीएफ टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्