सूचना/प्रविधि

मंगलग्रहमा फेलापर्यो भूमिगत पानीको ताल

कुनै समय मानव जीवको अस्तित्व रहेको भन्दै निरन्तर अनुसन्धान भैरहेको मंगलग्रहमा अर्बौँ वर्षअघि सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए भन्ने पत्ता लगाएका वैज्ञानिकहरुले पछिल्लो समय तीनवटा भूमिगत पानीको ताल फेला पारेका छन् ।

युरोपियन स्पेस एजन्सी (ईएसए)को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो ।

वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् । इटलीको नेशनलल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा. रोबेर्टो ओरोसीले पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ र त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ मानिसका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउने बताएका छन् ।

उनका अनुसार मङ्गल ग्रह जलवायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन तर त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो ।

त्यसो त सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए ।

तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो । अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.