निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्प र श्रीमती मेलानियालाई कोरोना संक्रमण
कोरोना भाइरस केही हैन, यो आतंक मात्रै हो भन्दै यसको अवज्ञा गर्न आव्हान गर्ने अमेरिकी राष्ट्रपति डोनाड ट्रम्प र उहाँकी श्रीमती मेलानियालाई अन्ततः कोरोनाले मित लगाइछाडेको छ । आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा ट्रम्पले आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको ट्वीन गर्दै बताउनुभएको हो ।
बिबिसिका अनुसार यस अघि उहाँले आफ्ना एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको बताउनुभएको थियो । क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन । दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको छ ।
ट्रम्पका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताएकी थिइन । साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन् ।
मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको थियो । बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्