बागलुङ समाज जापानको अध्यक्षमा प्रेम कँडेल सर्वसम्मत चयन
बागलुङ समाज जापानको तेश्रो अधिवेशनले प्रेमप्रसाद कँडेलको अध्यक्षतामा ३१ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ ।आईतबार सम्पन्न अधिबेशनबाट प्रेम आचार्य, कृष्ण सुवेदी (गंगा),यम कान्त कँडेल, बिरोध चालिसे र गुरूप्रसाद सापकोटा उपाध्यक्ष बन्नुभएको छ । त्यस्तै राजु केसी महासचिव तथा सुनिता श्रीस मगर र शोभा केसी (गीता) सचिव हुनुभएको छ ।
अधिवेशबाट बिष्णु सापकोटा कोषाध्यक्ष, भूपेन्द्र सापकोटा सह(कोषाध्यक्ष, चेतन पौडेल प्रवक्ता, बिना खड्का महिला संयोजक र वसन्त आचार्य युवा संयोजकमा निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा क्रमशः सुजन शर्मा, टि.एन. घिमीरे, प्रवेश खत्री, मिना पुन, शुजाता कार्की (राधिका) ,कृष्ण प्रसाद कडेल, अर्जुन सुवेदी, अनिल कुमार निर्देश, टेक बहादुर केसी, प्रकाश कँडेल, दिपक कडेल (सफल) बसन्त थापा ,लक्ष्मी केसी, गंगा कँडेल, संजय छन्त्याल, गोविन्द पौडेल, केशब सुवेदी निर्वाचित हुनुभएको छ ।
अधिवेशनले महासचिव कृष्ण सुवेदी (गंगा)को प्रगती प्रतिवेदन र कोषाध्यक्ष यमकान्त कँडेलको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य ईन्दिरा सुजुकी, एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी, एनआरएनए जापानको महिला संयोजक संगीता अधिकारी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, बागलुङ समाजका संस्थापक अध्यक्ष राजबिन थापा, संरक्षक बेलुकाजी थापा, दिपक सुबेदी, डिपी कँडेल, दिलु खत्री, नरबहादुर थापा, रामकृष्ण बम मल्ल, अनेसास केन्द्रिय सदस्य दीप पाठक, खानागावा कम्युनिटीका अध्यक्ष हरी सापकोटा, प्रवासी नेपाली एकता मञ्चका बाबुराम भन्डारी, जनसम्पर्क समितिका पिताम्बर चापागाईं, बिहुकोट समाजका पूर्व अध्यक्ष देबिलाल सुबेदी, नवलपुर समाजका अध्यक्ष सागर कँडेल, सुदूरपश्चिमेली समाजका पदम ठगुन्ना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष सिद्धार्थ श्रेष्ठको अध्यक्षता, सहकोषाध्यक्ष शोभा केसीको स्वागत , उपाध्यक्ष महेन्द्र पिसिको धन्यवाद मन्तव्य तथा सचिव राजु केसीको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्