राजनीति
नेपाल मानवअधिकार परिषदको सदस्यमा निर्वाचित : पायो १ सय ५० भोट
सन् २०१८ देखि संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको सदस्य रहेको नेपाल सो पदमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।
मतदानमा मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।
नेपालसहित एसियाबाट चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् । परिषदमा कुनै एक देश दुई पटकसम्म निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया राख्नुहोस्