जल/वातावरण

२४ घण्टामा थपिए २ हजार ६ सय ३८ जना- काठमाडौं उपत्यकामा १ हजार ४ सय ३

बुधबार देशभरमा गरी २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सहित नेपालमा कुल सङ्क्रमित एक लाख १७ हजार ९ सय ९६ पुगेको छ भने देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टमा १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

थपिएकामध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुर जिल्लामा ३ सय ५ जना गरी उपत्यकामा १ हजार ४ सय ३ जना संक्रमित थपिएका छन् ।

यसबीचमा देशैभरिबाट दुई हजार १७४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८० हजार ९५४ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.