जल/वातावरण

पिसीआर परीक्षण नगरी स्याङ्जा प्रवेशमा निषेध

नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएलगत्तै शहरी क्षेत्रबाट आआफ्नो गाउँघर जानेहरु बढेसंगै कोरोना संक्रमणको जोखिम उच्च भएसंगै जिल्लाहरुमा सुरक्षा शतर्कता बढाइएको छ । यसै क्रममा शनिबारदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताउनुभयो । उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो ।

“जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ”, प्रजिअ बस्नेतको भनाइ थियो ।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताउनुभयो ।

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.