जल/वातावरण

२ हजार ७ सय २५ को परीक्षण गर्दा ५ सय ७० मा संक्रमण, उपत्यकामा २ सय ५२ जना

गत भदौंयता दैनिक हजारौंको संख्यामा कोरोना संत्रमित थपिइरहेको नेपालमा मंगलबार भने जम्मा ५ सय ७० जनामा मात्र कोरोना संक्रमणका पुष्टि भएको छ । यो संख्या पछिल्लो करिब दुई महिनायताकै सबैभन्दा कम हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७ सय २५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५ सय ७० जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४ सय पुगेको छ । हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा तीन हजार १ सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

यसै गरी काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २५२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित थपिएका हुन् ।

विगतको तुलनामा उपत्यकामा थोरै मात्रामा स्वाब परीक्षण गरिएकोले कम सङ्क्रमित पहिचान गरिएको हुनसक्ने आँकलन गरिएको छ । कात्तिक ११ गते थपिएको संक्रमितभन्दा कम भदौ १४ गते काठमाडौं उपत्यकामा सय १८६ जना संक्रमितको पहिचान गरिएको थियो । त्यसयता काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा संक्रमित हुने बढ्दै गएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.