जल/वातावरण
काठमाडौंमा कोरोना संक्रमितको संख्या ६८ हजार बढी
देशभर रहेका कोरोना संक्रमितको संख्या १ लाख ८६ हजारको नजिक पुग्दा काठमाडौंमा ममात्र ६८ हजारभन्दा बढी रहेको छ । भदौ महिनायता मात्रै उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
देशका अन्य जिल्लाहरुमा कोरोना संक्रमण व्यापक हुँदा सुरक्षित मानिएको उपत्यकामा लकडाउन र निषेधाज्ञा खुला गरिएपछि कोरोना संक्रमण समुदायस्तरमै फैलिइसकेको छ ।
बिहिबार साँझसम्मको विवरण अनुसार संक्रमितका संख्या ६८ हजार ४ सय ४९ पुगेको छ । यीमध्ये निको हुनेको सङ्ख्या ५१ हजार ८५९ रहेको छ ।
त्यसै गरी भक्तपुरमा हालसम्म ६ हजार २३२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने निको हुने चार हजार ९१५ रहेका छन् ।
यस्तै ललितपुरमा कूल नौ हजार ६६३ सङ्क्रमितमध्ये सात हजार ३२२ जना निको भएका छन् । हाल दुई जिल्ला मनाङ र बाजुरा बाहेकका ७५ वटै जिल्लामा सक्रिय सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्