कर्पोरेट/पर्यटन

काष्ठमण्डप पुनःनिर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको काठमाडौं उपत्यकाको सभ्यतासंग जोडिएको काष्ठमण्डपको पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले आगामी वर्ष गोरखा भूकम्पका दिन उद्घाटन गर्ने गरी काम भइरहेको जनाएको छ ।

समितिका अध्यक्ष प्रदेशसभा सदस्य राजेश शाक्यका अनुसार हालसम्म ७५ प्रतिशत काम सकिएको र तिहारसम्ममा ८० प्रतिशत सक्ने गरी काम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले दोस्रो र तेस्रो तलामा थाम राख्ने काम भइरहेको छ । नियमित रुपमा करीब ३५ जनाले काम गरिरहेका छन् ।

सातौ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि विसं २०७५ वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । पुनःनिर्माणका लागि १७ हजार ५८ क्युबिक फिट काठ आवश्यक पर्ने समितिको भनाइ छ । आवश्यक पर्ने काठमध्ये केही यसअघिकै पुराना प्रयोग भए पनि केही नयाँ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ । काष्ठमण्डप एउटै सालको रुखबाट बनेको किंवदन्ती छ ।

एक जात्राका समयमा बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि उनले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । काष्ठमण्डप शब्द अपभ्रंश भई काठमाडौँको नाम रहेको भनाइ पनि छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.