जल/वातावरण

असोजमा १ लाख कार्तिक नसकिंदै दुई लाख २ हजार पुगे- एक महिनामा दोब्बर

गत असोज २३ गत एक लाखको हाराहारीमा रहेको कोरोना संक्रमितको संख्या एक महिनामै दोब्बरले बढेको छ । एक महिनामै एक लाखभन्दा बढी संक्रमित थपिए भने एक महिनामा मत्यु हुनेको संख्या पनि बढी छ । पछिल्लो चौबीस घण्टामा २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या एक हजार १ सय ७४ पुगेको छ ।

हिजो मंगलबार दुई लाख पुग्नै लाग्दा आज बुधबार पछिल्लो चौबीस घण्टामा दुई हजार ५ सय ६९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ६ सय ६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २ सय ४३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशैभरि ३८ हजार ९१२ जना सङ्क्रमित आइसोलेशनमा छन् । मन्त्रालयले हालसम्म पन्ध्र लाख ७४ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।

मन्त्रालयले आफ्नो प्रेस ब्रिफिङ्गको क्रममा चौबीस घण्टामा देशभरि दुई हजार ५६९ जना सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा। जागेश्वर गौतमले हाल नेपालमा ३८ हजार ९१२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.