जन सरोकार

विद्यालय संचालन अघि छात्रावास, फर्निचर, शौचालय पुनःव्यवस्थापन तथा मर्मत गर्नुपर्ने

विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमका कारण गत चैत्र महिनादेखि बन्द रहेका विद्यालयहरु संचालनको तयारी भैरहँदा सरकारले विद्यालयहरुलाई कक्षा संचालनका लागि आवश्यक पूर्वाधार निर्माण र सुधारको मापदण्ड तय गरेको छ ।

कक्षा संचालनका लागि सबभन्दा महत्वपूर्ण पक्ष भनेको पर्याप्त प्रकाश र हावा आवत–जावत हुने कक्षाकोठा अनिवार्य गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ मार्फत गरिएको छ ।

कार्यढाँचा अनुसार नै सम्बन्धीत विद्यालय र स्थानीय तहलाई फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कक्षाकोठा बनाउन र आवश्यकता अनुसार कक्षाकोठा, सभाहल, छात्रावास, फर्निचर, शौचालय आदि पुनःव्यवस्थापन तथा मर्मत गर्न निर्देशन दिएको छ ।

त्यसै गरस् विद्यालय व्यवस्थापन समितिले शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, भौतिक दुरी कायम गर्नुपर्ने, त्यही अनुसार खाजा व्यवस्थापन गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।

स्थानीय तहले विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ ।

विद्यालय संचालन कार्यढाँचाको पूर्ण विवरण यस्तो छ-
School_Reopening

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.