नेकपा विवादको छिनाफानो स्थायी कमिटीले लगाउने : सवै प्रस्ताव लैजाने निर्णय
लामो समयदेखि शीर्ष नेताहरुबीचको विवाद समाधानका लागि शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवाद समाधानका लागि स्थायी कमिटीलाई जिम्मा दिएको छ । सम्पन्न सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटीमा सवै प्रस्ताव लैजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटीमा सवै प्रस्ताव लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीच एक्लाएक्लै बार्ता भएको थियो ।
दुई अध्यक्षबीचको छलफलपछि बसेकोसचिवालय बैठकले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमा बस्ने र सो बैठकमा सचिवालयमा प्रस्तुत प्रस्तावहरु लैजाने निर्णय गरेको हो ।
नेकपाको स्थायी कमिटी बैठक भोलि आइतवार केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सो बैठकमा सचिवालयमा प्रस्तुत दुवै अध्यक्षको प्रस्ताव प्रस्तुत हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्