मंसिर २९ गते कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, सडकमा आउन कार्यकर्तालाई निर्देशन
![Congress Meeting](https://www.nepaljapan.com/wp-content/uploads/2020/12/Congress-Meeting-1.jpg)
सरकारका गलत काम चुपचाप हेरेर निस्क्रिय बसेको आरोप लागेको प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ । यसका लागि कांग्रेसले आफ्ना कार्यकर्तालाई सडकमा आह्वान गरेको छ ।
कांग्रेस वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गर्दै प्रदर्शनको तयारीबारे छलफलपछि कार्यकर्तालाई सो निर्देशन दिएको हो ।
बैठकले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई २९ गतेको प्रदर्शनमा सहभागी हुन अपील गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । शर्माका अनुसार कोरोनाको महामारीका बेला पनि सरकार र सत्तारुढ पार्टी सत्ताको द्वन्द्वमा केन्द्रीय छ । त्यसले हामी २९ गते प्रदर्शन गर्दैछौं र त्यसमा सहमति हुन अपील गरेका छौं ।
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने छ । २९ गतेको प्रदर्शन प्रारम्भिक मात्र भएको र त्यसपछि अरु कार्यक्रम पनि गर्ने सल्लाह भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्