"एमाले छिरेका प्रचण्ड उपाध्यक्ष सरहका मान्छे हुन्" : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट आफूबिरुद्ध देशी विदेशी शक्ति मिलेर षड्यन्त्र गर्ने तथा सरकारलाई काम गर्न नदिने भएपछि ताजा जनादेशमा जानु परेको बताउनुभएको छ ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरूलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताउँदै उहाँले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “उपाध्यक्ष भन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको हुँ त्यो भनेको उपाध्यक्ष सरहको हो ।अहिले नेकपा एमालेको अध्यक्षलाई कारबाही गर्ने रे ! अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू नै भएको र उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने छु ।”
प्रधानमन्त्री ओलीले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कारबाही गर्ने कुरा कसैले नपत्याउने उल्लेख गर्दै भन्नुभयो ‘यो त विश्व राजनीतिमै दुर्लभ घटना हुने भयो,’ ओलीले भने,‘यस्तो कुरा कसैले पत्याउनु पर्यो नि१’
प्रतिक्रिया राख्नुहोस्