जापान

गल्कोट समाज जापानले गर्यो चालीस लाख बढी आर्थिक सहयोग

जापानमा विभिन्न समस्यामा परेका ब्यक्ति तथा तिनका परिवारलाई आर्थिक सहयोग गर्दै आएको गल्कोट समाज जापानले पछिल्लो समय जापानमा मृत्यु भएका गल्कोटका पूर्णबहादुर खत्रीका परिवारलाई करिब चालिस लाख सहयोग गरेको छ । गल्कोट समाज गल्कोट र गल्कोट नगरपालिकाको समन्वयनमा आर्थिक संकलन अभियान गरी मृतकका परिवारलाई रुपैया हस्तान्तरण गरिएको हो ।

बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नंं. ४, खरुवा स्थाई घर भइ गत ३ वर्षदेखि जापानको सिजुओका प्रिफेक्चर फुजी सिटीमा कुक पेशामा कार्यरत ३८ वर्षीय पूर्णबहादुर खत्रीको मस्तिष्कघातका कारण “फुजी नोउकेन हस्पिटलमा” उपचारको क्रममा जनवरी ८ तारिक साँझ ५ बजे निधन भएको थियो ।

गल्कोट समाजका साधारण सदस्य समेत रहेका मृतक खत्रीका नेपालमा श्रीमती सहित ३ छोरी र १ छोरा रहेका छन् । पारिवारिक जानकारी अनुसार निजको पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको हुँदा गल्कोट समाज जापानको बिपद ब्यबस्थापन तथा मानवीय सेवा बिभागको नेतृत्वमा परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले अभियान संचालन गरेको थियो ।

मृतक खत्रीको आर्थिक अबस्था कमजोर भएका कारण जापानमा क्रियाशिल अन्य संघ संस्थाले समेत आर्थिक संकलन गरी गल्कोट समाज जापान मार्फत रकम हस्तान्तरण गरेका थिए ।

स्व खत्रीको परिवारलाई आर्थिक सहयोग अभियानमा गलकोट स्पोर्टस् क्लव टोकियो जापान, गलकोट समाज गलकोट, बागलुङ समाज जापान, दाजुभाई बशिष्ठ गैरे खत्री परिवार जापान, निलुवा समाज जापान, खरुवा समाज जापान, नुवाकोट समाज जापान, जापान लगायतका संस्थाले सहयोग गरेका थिए ।

विभिन्न संघसस्था तथा व्यक्तिहरुको सहयोगमा जापानमा संकलित ४० लाख ५० हजार ३ सय १६ रुपैया मध्यबाटे स्व खत्रीको दाह संस्कार उपचारमा भएको खर्च रकम कटाएर ३२ लाख ६३ हजार ४ सय ५९ रुपैया बराबरको चेक खत्रीको परिवारलाई हस्तान्रण गरिएको गलकोट समाज बिपद ब्यबस्थापन तथा मानवीय सेवा समिति संयोजक रत्नसिंह बस्नेतले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.