राजनीति
प्रचण्ड माधव समूहद्वारा आम हड्तालको घोषणा
प्रतिनिधिसभा विघटनपछि विभाजित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले भोलि (माघ २२ गते बिहीबार) आम हड्ताल गर्ने घोषणा गरेको छ । संसद विघटनबिरुद्ध सडक संघर्षमा रहेको सो समूहले संवैधानिक निकायमा भएको नियुक्तिको बिरोधमा आम हड्ताल आव्हान गरेको हो ।
समे समूहको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।
यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको भुसालले जानकारी दिनुभयो । यसबारे दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्