राजनीति

प्रधानमन्त्री फेर्ने कांग्रेसको निर्णय- राजीनामा नदिए ओलीबिरुद्ध अविश्वास प्रस्ताव

नेपाली कांग्रेसले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताएको छ । शनिबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताउनुभएको छ ।

कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने दावी गद्र्रै नेता पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको र उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हटाउने बताउनुभएको हो ।

सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै उनले जनता समाजवादी पार्टीको माग पूरा गर्न आफूहरु प्रयासरत रहेको पनि बताउनुभयो ।

ओली सरकारलाई माओवादी केनद्रको समर्थन कायम छ र उसले समर्थन फिर्ता लिने आधिकारिक निर्णय गरिसकेको छैन । उता प्रधानमन्त्री ओलीले कसैले भन्दैमा राजीनामा नदिने र अल्पमतमा परे मात्र राजीनामा दिने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.