स्वास्थ्य

१४ हजार ४०३ जनाको पिसीआर गर्दा पाँच हजार सात सय छजनामा संक्रमण

नेपालमा कोरोना भाइरस संक्रमणको दर आकाशिएको छ । शनिबार पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ जनाको पिसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना र ५ सय ६६ जनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २ हजार ४९५ जना काठमाडौं उपत्यकाका छन् । थप १ हजार २८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुने २ लाख ८२ हजार ३८२ जना पुगेको मन्त्रालयले जनाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

शनिबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ४० हजार १०३ जना हाम आइसोलेसनमा रहेका छन् भने ३ हजार ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४०१ जनाको आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा काटठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.