मापदण्डभन्दा बढी शुल्क लिने ह्याम्स र केएमसीलाई प्रशासनको स्पष्टिकरण
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमित बिरामीसँग बढी शुल्क लिने राजधानीको ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज (केएमसी) स्पष्टिकरण सोधेको छ ।
सरकारले तोकेको मापदण्डभन्दा निकै बढी रकम असुलेको उजुरी परेपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कालीप्रसाद पराजुलीले दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिनुभएको हो ।
दुवै अस्पतालले कोभिड बिरामीसँग बेडको निकै धेरै रकम उठाउने गरेको सूचना सामाजिक सञ्जालमा फैलिएपछि यस्तो विषम परिस्थितिमा सरकारले तोकेको मापदण्डभन्दा बढी असुलेको पाइएमा हामी हदैसम्म निर्मम भएर कारबाही गर्ने सीडीओ पराजुलीले बताउनुभयो ।
स्पष्टिकरण दिन आएका सिइओहरुले जनरल बेडको नभई विशेष सुविधा भएका बेडको पैसा बढी भएको र त्यो तिर्न इच्छा भएकाका लागिमात्रै भएको बताएका थिए ।
प्रतिक्रिया राख्नुहोस्