एन आर एन न्युजजापान

एनआरएनए जापानको आर्थिक अनियमितता प्रकरण: आईतबार प्रतिवेदन बुझाईने

उच्चस्तरीय छानबिन समितिको प्रतिबेदन तयार, २०२१ साल मे ६ मा बुझाउने

एनआरएन जापानको आर्थिक अनियमितता छानबिन गर्न गठन गरिएको उच्चस्तरीय छानबिन समितिले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ । समितिले प्रश्न उठेको विषयहरुलाई सूक्षम रूपले अध्ययन गरी निष्कर्षमा पुग़ेको जनाएको छ ।

उच्चस्तरीय छानबिन समितिले एनआरएन जापानमा २०१५ को भूकम्पमा उठेको रकम, नेपाल फेस्टिवलको रकम तथा अन्य कार्यक्रम गर्दा अनियमितता भएको विषयमा उठेका प्रश्नहरुमा छानबिन समितिले पटक पटक जापानवासी नेपालीहरूलाई प्रमाण भए पेश गर्न आव्हान गरिएको समितिको सदस्य सचिव डा. बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

आफू अध्यक्ष रहेको र जापानको एनआरएनमा निरन्तर नजिकबाट हेरिरहेकोले पटक पटक अनिमियताको आरोप लागेको एनआरएनभित्र वास्तवमा बुझ्नको २०१५ देखि २०२० नोभेम्बरसम्मको सम्पूर्ण खाता बिल भरपाईहरू जाच गर्ने, सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपूछ गर्ने जस्ता जटिल कार्यले छानबिन समय लम्बिएको संयोजक राजन प्रधानाङले जानकारी दिनुभयो ।

एनआरएन जापानमा छानबिन समितिको गठन भए पश्चात अन्य उजूरी पनि पर्न आएको जानकारी दिइएको छ । व्यक्तिले पदीय प्रयोग गरी व्यक्तिगत रूपले कार्यगरेको र त्यसमा समेत रकम हिनामिना गरेको गुनासाहरू आएको तथा एनआरएन दर्ता प्रक्रियाका बारेमा पनि उजुरी आएकोले आफूहरूलाई कार्यभार थप गर्दै सूक्ष्म अध्ययन गरेको डा. श्रेष्ठले जानकारी दिनु भयो ।

डा. श्रेष्ठले जापानवासी नेपालीहरूको लामो समयको प्रतीक्षापछि जुन ६, २०२१ आइतबार दिनको १५ बजे टोकियोमा पत्रकार सम्मेलन मार्फत छानबिन समितिले प्रतिवेदन बुझाउने कार्यकमको रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.