अमेरिकाले नेपाल सहित विभिन्न देशलाई ७० लाख मात्रा खोप दिने घोषाणा
संयुक्त राज्य अमेरिकाले नेपाल सहित विश्वका विभिन्न देशहरुलाई कोरोना बिरुद्धको ७० लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । बिहिबार अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड १९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको हो ।
![Biden](https://www.nepaljapan.com/wp-content/uploads/2021/06/Biden.jpg)
कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरिीहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभिड १९ भ्याक्सीन प्राप्त गर्ने भएका छन् ।
काठमाडौंस्थित अमेरिकी दूताबासले आफ्नो आधिकारीक फेसबुक पेजमा खोप उपलब्धतासंगै विश्वव्यापी रूपमा नै कोभीड १९ को महामारीसँग लडिरहेको यो समयमा हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने विश्वास लिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपतिबाट नेपाललाई खोप दिने घोषणा गरेको समाचार बाहिरिएसंगै प्रधानमन्त्री केपी शर्मा ओलले ट्वीट गदैए मानव जीवन रक्षाका लागि यो अनमोल खुराकका लागि धन्यवाद दिंदै यसका लागि अमेरिकाप्रति नेपाल र नेपाली जनता सधैं अभारी रहने र यसले नेपाल अमेरिकाको मित्रतालाई अरु बल पुर्याउने उल्लेख गर्नुभएको छ
स्मरण रहोस् यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन अमेरिकी राष्ट्रपनि बाइडेनलाई पत्राचार गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्