राष्ट्रपति विद्यादेवी भण्डारीले यही जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गर्नुभएको छ ।
बिहिबार शितल निवासमा आयोजित कार्यक्रममा ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गर्नुभएको हो ।
ओलम्पिकमा सहभागी हुन नेपालबाट खेलाडी र प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ ।
प्रतिक्रिया राख्नुहोस्