राजनीति
पूर्वसभामुख महरालाई उच्च अदालतबाट सफाइ
उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दाबाट सफाइ दिएको छ ।
न्यायाधीशद्वय माधव पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले आज उहाँलाई सफाइ दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले पनि पूर्वसभामुख महरालाई उक्त मुद्दाबाट सफाइ दिएको थियो ।
उच्च अदालतले जिल्ला अदालतको निर्णयलाई नै सदर गरेको उच्च अदालतका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्