खेलविविध

दक्षिण एसिया च्याम्पियन गौरीकाको खेल आज

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी पौडी खेलाडी गौरिका सिंह टोकियो ओलम्पिकमा आज पौडीतर्फ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै पर्नुभएकी सिंहको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ ।

दक्षिण एसियामा स्वर्ण जित्दा सिंहको उत्कृष्ट टाइमिङ ५८.१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको सर्ट कोर्षमा खेलिएको थियो ।महिलाको १ सय मिटर फ्रिस्टाइलमा ५२.६२ सेकेण्डको ओलम्पिक कीर्तिमान छ । हिट वानमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडीहरु छन् ।

पौडीतर्फ हिजो सम्पन्न खेलमा एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स)ले पुरुष १०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।

यसअघि शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टको खेल यसअघि नै सकिसकेको छ भने शुक्रबार एथलेटिक्सकी सरस्वती चौधरीको खेल हुन बाँकी छ । यसपल्ट ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडी समावेश थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.