राजनीति

जयसिंह धामीको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएर माफी माग्न ज्ञापनपत्र

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले दार्चुलामा तुइनबाट महाकाली नदी पार गर्न लागेका तुइन काटेर नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिएर माफी माग्न भारत समक्ष माग गरिएको छ ।

भारतको स्वतन्त्रता दिवसका अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले काठमाडौंस्थित भारतीय राजदूतसमक्ष ज्ञापनपत्र बुझाउँदै सो माग गर्नुभएको हो ।

ज्ञापनपत्रमा स्वतन्त्रता मानव जातिलाई सबैभन्दा प्यारो हुन्छ भन्ने हेक्का नराख्नु इन्डियाको ठूलो कमजोरी हो भन्दै गत जुलाई ३० का दिन एसएसबीले डोरी फुकालेपछि तुइन खुस्किएर महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका नेपाली नागरिक जयसिंह धामीबारे ध्यानाकर्षण गरिएको छ ।

त्यसै गरी जयसिंह धामीको लास खोज्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु इन्डियाको अमानवीय मात्रै होइन साह्रै घिनलाग्दो चरित्र भएको बताउँदै यसले इन्डिया आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको समेत बताइएको छ ।

ग्रेटर नेपालले साक्षी प्रमाणले जयसिंह धामीको हत्या एसएसबीले गरेको स्पष्ट भएकाले यस जघन्य अपराधका निम्ति सार्वजनिक रूपमा माफी माग्न र जयसिंह धामीका परिवारलाई पारदर्शी रूपमा नेपाल सरकारमार्फत् कम्तिमा १ करोड इन्डियाली रूपैयाँ क्षतिपूर्ति दिन माग गरिएको छ ।

त्यसै गरी भारतको स्वतन्त्रता दिवस नेपालका लागि पनि महत्वपूर्ण रहेको जानकारी गराउँदै सुगाली सन्धिबाट गुमेको नेपालको ६० हवार वर्गकिलोमिटरभन्दा बढी भूभाग फिर्ता गर्न पनि आव्हान माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ इन्डियाले स्वराज पाएको दिन १५ अगस्त १९४७ नेपालीका निम्ति पनि यस कारण महत्त्वपूर्ण छ, यस दिन सुगौली सन्धिमा गुमेको नेपालको ६०००० वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफल ब्रिटेनको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

यो नेपाली जमिनमा सन् १९४७ अगस्ट १५ देखि आजसम्म इन्डियाको उपनिवेश कायम रहँदै आएको छ । आजका दिन हाम्रो जमिन इमानदारीपूर्वक हामीलाई फर्काउन फेरि पनि आग्रह गर्दछौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.