जन सरोकारस्वास्थ्य

थप तीन हजार दुई सय ७४ मा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २ सय ७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो समय थप एक हजार ९ सय २९ निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ ।

हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।५ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ भने निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.