खानागावा नेप्लिज कम्यूनिटीको अधिवेशन अनिश्चित
नेपालीहरुको बाक्लो बसोवास रहेको जापानको खानागावा क्षेत्रमा सकृय नेपाली संस्था खानागावा नेप्लिज कम्यूनिटीको यसै महिना हुन लागेको अधिवेशन कोरोना भाइरस संक्रमणको बढ्दो लहरसंगै अनिश्चित बनेको छ ।
कम्यूनिटीका अध्यक्ष हरि सापकोटाले संक्रमणको बढ्दो अवस्थालाई ध्यानमा राखेर तत्कालका लागि अधिवेशन स्थगित गरिएको जानकारी दिनुभयो ।
करिव साढे सात हजारभन्दा बढी नेपालीहरुको बसोवास रहेको क्षेत्रमा सकृय संस्थाले स्थापनायता विभिन्न सामाजिक कार्य गदै आएको छ ।
नेपाली सहित जापानी समुदायमा समेत मिलेर काम गर्दै आएको संस्थाले आगामी केही समयमा कोरोना संक्रमणको अवस्थामा सुधार आएलगत्तै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने जनाएको छ । सन् २०१७ मा स्थापना भएको संस्थाले यस पटक नयाँ नेतृत्व पाउने छ ।
यसैबीच खानागावा नेप्लिज कम्यूनिटिले जापानवासी नेपालीहरुका एक अपील सार्वजानिक गर्दै बढदो कोरोना संक्रमण अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक कार्य बाहेक घर बाहिन ननिस्कन र जमघट नगर्न सवैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्