प्रदेशबागमती

नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी

नेकपा एमालेका अधयक्ष केपी ओलीको कट्टर आलोचचक भए पनि अन्ततः पार्टी विभाजनको विपक्षमा उभिनुभएकी बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

उहाँलाई बुधबार प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई दलको नेतामा प्रस्ताव गर्नुभएको हो । उहाँले बुधबार नै मुख्यमन्त्रीको शपथ लिने समाचारमा जनाइएको छ ।

मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएकी शाक्यले आफू कहिल्यै पनि फुट र विभाजनको पक्षमा नलागेको बताउनुभयो भने राजीनामा दिनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यलाई पार्टी एकताको पक्षमा लडेको पुरस्कार स्वरुप मुख्यमन्त्री बनाउन लागिएको प्रतिक्रिया दिनुभयो ।

कुल ११० सांसद रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । एमालेका सांसदकै बलमा पौडेललाई बहुमत छ । एमालेबाट बागमती प्रदेश सभामा ५६ जना सांसद छन् । त्यसो त बागमतीमा ओलीपक्षका ३५ र माधवपक्षका २१ सांसद रहेको अनुमान छ ।

प्रदेशमा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीका २, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.