जन सरोकार

भारतीय बाँधका कारण नेपाली खेत डुबानमा

कपिलवस्तुको तौलिहवास्थित सीमावर्ती क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेको बाँधका कारण हरेक वर्ष नेपाली भूमि डुबानमा पर्ने गरेको छ ।

भारतले आफ्नो भूमि डुबान हुनबाट बचाउन र हिउँदमा पानी उपयोग गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय कानुन विपरीत बनाएको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ ।

बाँधका कारण यशोेधरा गाउँपालिकाको लोहरौली गाँउदेखि भारतीय सीमा क्षेत्रसम्म र सोही गाउँपालिकाका र भगवानपुर गाँउदेखि पूर्व रंगपुर गाउँसम्मको करिब तीन सय हेक्टर धान खेत डुबानमा परेको छ ।

नेपालतर्फको मसैया नालाबाट आएको पानीलाई भारतीय पक्षले सीमा क्षेत्रमा महलीसागर बाँधको निर्माण गरेर पानी रोक्न थालेपछि वर्षौंदेखि कृषकहरुले डुबानको समस्या भोग्दै आएका छन् ।

भारतले नेपाली भूमिमा बाँधको पानी जम्मा गर्ने र आवश्यकता अनुसार भारतीय खेत सिंचाई गर्न पानीको उपयोग गर्दै आएको छ । बाँधको निर्माणबाट भारतीय कृषकहरुलाई सिंचाई सुविधा प्राप्त भएको तर यहाँका कृषकहरुले भने नोक्सान भोग्दै आएको डुबानपीडित कृषकहरु बताउँछन् ।

यस वर्ष पनि कृषकले रोपेको धान गलेका कारण चौंथो पटकसम्म पनि रोपाईं गरेका छन् । उनीहरुलाई यसरी पटक पटक रोपेको धान डुबानका कारण गलेर पूर्ण नष्ट हुने हो कि भन्ने चिन्ता छ ।

महली सागर बाँधको डुबानका कारण उत्पन्न समस्या समाधानका लागि स्थानीय तहबाट वर्षेनी आवाज उठाउँदै आए पनि समस्या समाधान गर्नको लागि पहल नभएको यशोधरा गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष लईस पठानले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.