जन सरोकार

क्षमताभन्दा चार गुणा बढी रहँदा सङ्क्रमणको जोखिममा कैदीबन्दी

क्षमता भन्दा करिब चार गुण बढी बन्दी रहँदा जिल्ला कारागारमा सङ्क्रात्मक रोगकोे जोखिम बढेको छ । बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारको क्षमता ३५ जनाको रहे पनि हाल ९७ कैन्दीबन्दी छन् ।

यीमध्ये ८७ पुरुष र १० कैन्दीबन्दी महिला रहेको कारागारले जनाएको छ । कारागारका अनुसार ४८ कैदी पुरुष रहेका छन् भने आठ कैदी महिला छन् । उन्तालीस थुनुवा पुरुष छन् भने दुई महिला छन् ।

एक कैदीवन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानुनी प्रावधान छ । कानुनी प्रावधानअनुसार कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ ।

क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राखिएसँगै उनीहरूमा विभिन्न खालका सास्तीका साथै सङ्क्रामक रोगको जोखिम रहेको कारागारका जेलर जगदीश रेग्मीले बताउनुभयो । बढी कैदीबन्दी हुँदा मान्छेमाथि मान्छे नै बस्नुपर्ने बाध्यता रहेकाले छाला सम्बन्धित रोगलगायत भाइरल रोगको बढी जोखिम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.