भोलिसम्म मन्त्रालयको भागवण्डा टुंगिएर मन्त्रिपरिषद विस्तार
सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाइरहेका बेला गठबन्धनका नेताहरुले भोलिसम्म मन्त्रालयको भागवण्डा गरेर मन्त्रिमण्डल विस्तार गर्ने अन्तिम तयारी गरेका छन् ।
यसै क्रममा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । बुधबार पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताउनुभएको हो ।
महराका अनुसार अध्यादेशको कारणले ढिलो भैरहेको बताउँदै अब त्यो सकिएको र भोलिसम्म सरकार विस्तारको कम सकिन्छ । आज शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने पनि महराले जानकारी दिनुभयो ।
त्यसै गरी प्रवक्ता महराले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दल विभाजन सम्बन्धी अध्यादेशको टुंगो लगाउने बताउँदै भोलि नै दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्