कोरोना भाइरस संक्रमण भए नभएको छोटो समयमा पत्ता लगाउने एन्टिजेन परीक्षणकै २ हजार पाँचसय सम्म लिने एक निजी अस्पताललाई कारबाही गरिएको छ । कारबाहीमा पर्ने अस्पताल पुल्चोकस्थित सुमेरु सिटी हस्पिटल रहेको छ ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार सुमेरुले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
बस्नेतका अनुसार एन्टिजेन परीक्षणको शुल्क १ हजार रुपैयाँ तोकिएको छ । तर अस्पतालले एन्टिजेन परीक्षण गर्न आउने बिरामीसँग २ हजार ५ सय रुपैयाँ लिएको प्रमाण भेटिएपछि कारबाही गरेका हौं ।
सहायक प्रजिअ बस्नेतले अनुगमनको क्रममा अस्पतालले एन्टिजेन परीक्षणको शुल्क २ हजार ५ रुपैयाँ सयसम्म लिएको पाइएपछि अस्पताललाई कारबाही गरिएको बताउनुभयो ।
त्यसै गरी प्रशासनले आइन्दा तोकिएको दररेटभन्दा बढी शुल्क नलिने शर्तमा अस्पताललाई एक पटकका लागि चेतावनी दिएर छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्