राजनीति

संसद चलाउनको लागि संवादको विकल्प छैन

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभएको छ ।

बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो ।

सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ । के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ त्यसको लागि म तयार छु । तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.