जापान

जापानमा १० हजार नेपालीको प्रतिव्यक्ति १० लाख फस्यो

जापानमा अध्ययन लगायत विभिन्न क्षेत्रमा प्रवेशका लागि योग्य ठहरिएका दश हजारभन्दा बढी नेपालीको समय र लगानी डुब्ने अवस्था आएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल सहितकाे टाेलीले परराष्ट्र मन्त्री डा नारायण खडकालाई ज्ञापनपत्र बुझाउँदै कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि जापान प्रवेश अनुमति पाएका विभिन्न भिसा स्टाटसका करीब १० हजार विद्यार्थीहरुले भर्ना शुल्क तिरे पनि जापान प्रवेश नपाएको जानकारी गराएको हाे ।

विद्याथीहरुले कलेज शुल्क वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ बझाए पनि प्रवेश नपाउँदा ठूलो समस्या परेको भन्दै पछिल्लो समय केही सहज अवस्था देखिए पनि पहिलेकै जस्तो अवस्था नरहकाले सरकारी तहबाटै पहल गर्न अनुरोध गरिएको अध्यक्ष पाैडेलले साे अवसरमा जानकारी दिनु भयाे ।

त्यसैगरी एनआरएनएले नेपाल एयरलाइन्सका टिकटदर महंगो भएकोले घटाउन पनि अनुरोध गरेको छ । त्यस्तै जापानका विभिन्न कम्पनीमा १० वर्ष काम गरेर नेपाल फर्केकाहरुलाई नेपालबाटै पेन्सन लिन सकिने व्यवस्थाको पहल गर्न अनुरोध गरिएको छ ।

साे अवसरमा मन्त्री डा खड्का तथा मन्त्रालयका सहसचिव कृष्णचन्द्र आर्यालले नवनिर्बाचित जापान एनआरएनए एनसीसी टीमलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे थियाे । साे समाराेहमा अध्यक्ष पाैडेल सहित उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, युवा संयाेजक राकेश रूम्वा तथा पूर्व प्रवक्ता पर्शुराम बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.