दुर्घटनामा परी गम्भीर घाइतेको पहिचान नखुल्दा उपचारमा समस्या
गत बुधबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा बसको ठक्करबाट घाइते पैदलयात्रुको चार दिन वित्दा पनि पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी गम्भीर उनको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ ।
पहिचान खुल्न नसक्दा उपचार गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो । अचेत अवस्थामा भेटिएका ती पुरुषको हाल कास्कीको पोखरास्थित मणिपाल अस्पतालको अचि सघन कक्षमा उपचार भइरहेको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५०३१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । “उमेर लगभग ३५–४० वर्षको जस्तो देखिन्छ, अनुहार र टाउकोमा गम्भीर चोट छ”, घाइतेको अवस्थाबारे तिमिल्सिेनाले भन्नुभयो, “घाइतेका आफन्तजनको खोजी गरिरहेको छौँ, अहिलेसम्म पत्तो लाग्न सकेको छैन् ।”
गम्भीर घाइते उनको प्रहरीले सुरुआतमा रत्नहरि अस्पताल दमौलीमा उपचार गराएकोे थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि पोखरा लगिएको हो । घाइतेलाई चिन्नुहुने जो कोहीलाई पनि प्रहरीले ९८५६०९०१७८ मा खबर गरिदिन सबैमा अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्