फाइजरको ‘बुस्टर’ मात्रा १८ वर्ष माथिकालाई मात्र
कोरोना भाइरस बिरुद्धका खोपको तेस्रो मात्रा (बुस्टर)का लागि जापान सरकारले न्यूनतम उमेर १८ वर्ष तय गर्ने भएको छ । जापानमा १२ वर्षमाथिकालाई खोपका दुई मात्रा दिइसकिएको छ ।
स्वास्थ्य मन्त्रालयले भने बुस्टर मात्रा दिनका लागि भने न्यूनतम उमेर १८ वर्ष तोकेको छ । मन्त्रालयले फाइजर-बायोटेकको खोप तेस्रो मात्रा लगाउते अनुमति दिनुअघि सो जानकारी दिएको हो ।
एनएचकेको समाचार अनुसार मन्त्रालयले कोरोना बिरुद्धको खोपको ‘बुस्टर’ मात्रा लगाउनका लागि दोस्रो मात्रा लगाएको ८ महिना पूरा भएको हुनुपर्नेछ र यसको आरम्भ डिसेम्बर महिनामा स्वास्थ्यकर्मीहरुबाट हुनेछ ।
सुरुमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई बुस्टर मात्रा लगाएपछि जनवरी महिनाबाट ज्येष्ठ नागरिकहरु र त्यसपछि अन्य उमेर समूहलाई दिइनेछ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो मात्रा खोप १८ वर्षभन्दा माथिकालाई मात्र दिनुको कारण खुलाउँदै भनेका छन् सो खोपको तेस्रो मात्रा १२ वर्षमुनिका भरखरै दिन थालिएको र यसको प्रभावकारिता तथा सुरक्षाका विषयमा आवश्यक र पर्याप्त आँकडा सार्वजनिक भैसकेको छैन ।
एक अनुमान अनुसारआगामी फेब्रुअरीसम्म १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई खोप लगाइएको ८ महिना पूरा भैसक्ने अनुमान गरिएको छ ।
यस्तोमा खोप निर्माता कम्पनीले १२ वर्षसम्मका बालबालिकामा लगाइएको खोपको प्रभावकारिता र जोखिमको आँकडा उपलब्ध गराएपछि मन्त्रालयले उमेर सीममा घटाउन सक्ने पनि बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्