१८ वर्षीय युवाले बनाए ब्याक गियरसहितको विद्युतीय बाइक
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सागर पोख्रेलले विद्युतीय मोटरसाइकल निर्माण गरेका छन् । ठूला मोटरसाइकल निर्माता कम्पनीहरुले समेत बनाउन नसकेको ब्याक गियर बाइक बनाएका छन् ।
कुनै तालिमबिना नै ब्याक गियरसहितको बाइक निर्माण गरेपछि बिहिबार ४५ देखि ५० को किमी गतिमा चल्ने सो मोटरसाइकल सन्धिखर्कको टुँडिखेलमा भव्य समारोहकाबीच प्रदर्शन गरिएको थियो ।
प्रदर्शन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल लगायतका जनप्रतिनिधि, विभिन्न सरकारी निकायका प्रमुख तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले स्वतःस्फूर्त प्रतिभाका धनी पोखरेलको प्रशंंसा गर्नुभएको थया ।
पोखरेलले ७ सय ५० वार्ड क्षमताको मोटर प्रयोग गरी मोटरसाइकल तयार गरेको र आरपिएम ४५० प्रतिमिनेट क्षमताको रहेको जानकारी दिंदै गत एक बर्षदेखि विभिन्न सामग्री प्रयोग गरी मोटरसाइकल बनाउन सिकेको र धेरैपटक बनाउँदै बिगार्दै गरेर अभ्यस्त भएको सुनाउनुभयो
हाल बुटवलको देवीनगरचोकस्थित नविन औद्योगिक केदारबहादुर रिता सेकेन्डरी हाईस्कुलमा कक्षा १२ मा ओभरसियर पढ्दै गेका सागरले यसअघि छत्रदेव गाउँपालिका–७, भुस्खतास्थित सरस्वती माविमा कक्षा ९ र १० मा ओभरसियर पढ्न सुरु गरेका थिए ।
सागरले सानैदेखि एक्साभेटर, रोवर्ड, भ्याकुम क्लिनर, पावर प्लान्ट, फ्रिज लगायतका ईलोक्ट्रोनिक सामग्री बनाउँदै आएको पिता अनन्तमणि पोखरेलले बताउनुभयो ।
पछिल्लो चरण दशैं तिहारको विदामा घर आएको बेला निरन्तर लागिपरेर मोटरसाइकल तयार गर्न सकेको बताउने सागर सरकारी निकाय वा कुनै संघ संस्थाले सहयोग गरेमा व्यवसायिक रुपमा यस्तो प्रविधिको मोटरसाइकल उत्पादन गरेर बजारमा लैजान सक्ने बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्