विश्व समाचार
भारतमा बढ्दो ओमिक्रोन संक्रमण, भेटिए थप २१ संक्रमित
भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिन अघि मात्र देखिएको थियो ।
भारतमा आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् । यीमध्ये जयपुरबबाट नौ जना संक्रमित भेटिएको बताइएको छ ।
त्यसै गरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ ।अ रु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ ।
नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्