गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन हुने
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ सन २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन गर्ने भएको छ ।
क्लबले दिएको जानकारी अनुसार अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा अवस्थित सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुनेछ ।
स्थापनाकालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले कोरोनाका कारण गत वर्ष भलिबल प्रतियोगिता गर्न नसके पनि यस वर्ष भने प्रतियोगिता आयोजना गरेको थियो । क्लबले प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसंग सम्बन्धित क्षेत्रका लागि सहयोग गर्दै आएको छ ।
जापानमा रहेका नेपाली खेलाडीहरूसंगको सहकार्यमा खेलकूदमा योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ ।
अधिवेशनमा क्लबका संरक्षकहरु, सल्लाहकार, पदाधिकारी, सदस्य एवं शुभचिन्तक लगायत सम्पूर्णमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशनमा उपस्थित हुन समेतअनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्