राजनीति

जे गर्छु भन्ने लागेको थियो त्यो आफूसंग नरहेपछि राजीनामा

रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा भावावेशमा आएर नभै अबको राजनीतिमा जे गर्छु भन्ने लागेको थियो त्यो आफूसंग नहेपछि राजीनामा दिएका बताउनुभएको छ ।

आज प्रधानमन्त्री समक्ष राजीनामापत्र बुझाएपछि रक्षा मन्त्रालयमा आयोजित पत्रका सम्मेलनमा उहाँले अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको बताउनुभयो ।

डा. रिजालले भन्नुभयो, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो (रक्षामन्त्रीबाट राजीनामा दिने) निर्णय उपयुक्त छ ।’

राजीनामाका घोषणा गरेपछि उहाँलाई पार्टीका नेताद्वय रामचन्द्र पौडेल र कृष्ण सिटौलाले यसो गर्न आवश्यक छ र भनेर सोधेका थिए भने पार्टीका सभापति समेत रहेका प्रधानमन्त्रीले साँच्चै (राजीनामा) गर्ने हो र ? भनेर प्रश्न गर्नुभएको थियो ।

शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएका डा. रिजाल ठूला मतान्तरले पराजित हुनुभएको थियो । अन्तिम मत परिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.