जापान

जापानमा सातजनाको हत्या गर्ने तीन जनालाई मृत्युदण्ड

जापानमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने तीन जनालाई मङ्गलबार मृत्युदण्ड दिएको छ । यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो ।

मृत्युदण्ड पाउनेमा ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।

यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.